विवाहित छोरीलाई पनि अंश दिन जिल्ला अदालत रोल्पाको आदेश

काठमाडौँ । जिल्ला अदालत रोल्पाले एक बाबुलाई विवाहित छोरीलाई समेत अंश दिन आदेश जारी गरेको छ । न्यायाधीश दिलिपराज पन्तको इजलासले बाबु, आमा, दुई छोरा अनि तीन छोरीलाई समेत समान रुपमा पैत्रिक सम्पत्तिको अंशवण्डा गर्नु पर्ने फैसला गरेको हो । रोल्पा नगरपालिका–९ का जसबहादुर घर्ती र जैसरा घर्तीका दुई छोरा र तीन छोरी थिए । […]