संसद् अधिवेशन सामना गर्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अधिवेशन नजिकिँदै गर्दा आफू तनावमा नरहेको बताएका छन् । ओलीले फागुन २३ गतेको संसद् अधिवेशन सहजताका साथ सामना गर्ने योजना रहेको बताए ।प्रधानमन्त्री ओलीले संसद् अधिवेशन सहज हुने दाबी गरे । “कसैले हटाउन सक्छ भने मलाई सरकारबाट हटाओस् । डेढ वर्षपछि त चुनाव हुन्छ नि, दुई तिहाई मत लिएर फेरि […]

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । शीतल निवासमा साढे ७ बजेदेखि भेटवार्ता जारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो । मन्त्रिपरिषद् बैठकका निर्णय जानकारी गराउन प्रधानमन्त्री ओली शीतल निवास पुगेको बताइएको छ । यसैबीच, सरकारले संसद् अधिवेशन आह्वान गर्ने तयारी पनि गरेको छ...

प्रधानमन्त्री ओलीका दुई दाउ

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष २७ गते संसद् बैठक आह्वानको सिफारिस गरेको थियो। त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी छन्। माओवादी केन्द्रले संसद्मा प्रधानमन्त्री ओली अल्पमतमा परेको दाबीसहित विश्वासको मत लिनुपर्ने बताउँदै आएको छ।  प्रधानमन्त्रीले चाहेको बखत सदनबाट विश्वासको मत लिने संवैधानिक प्रावधानमा टेकेर ओली अघि बढेका हुन्। यति बेला उनका दुई

असंवैधानिक अभ्यासको खतरा

प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा चलिरहेको संघीय संसद् अधिवेशन एक्कासि अन्त्य भएपछि कानुनका जानकार पनि तर्सिएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन अन्त्य भएको घोषणा गरेपछि कानुनका जानकार सम्भावित राजनीतिक दुर्घटना हुन सक्ने भन्दै तर्सिएका हुन्। एकाएक संसद् अधिवेशन अन्त्य गरिएपछि प्रधानमन्त्री ओली संविधानले दिएका कार्यकारी अधिकार प्रयोग गरी गलत बाटोमा जाने हुन कि भन्ने आशंका उत्पन्न भएको छ।