दलित युवतीलाई काेठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

काठमाडौँ– जातका कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौँको बबरमहलकी एक घरबेटी रिहा भएकी छन्। दलित युवती रुपा सुनारको उजुरीका आधारमा प्रधान थरकी ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको थियो। उनी बुधबार रिहा भएकी हुन्। सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा उनलाई छोडिएको हाे। थप अनुसन्धान जारी रहने प्रहरीले बताएकाे छ।  

सम्बन्धित सामग्री

रुपा सुनारमाथि जातीय विभेद गरेको आरोप लागेकी घरबेटी प्रधान धरौटीमा रिहा

न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले बुधबार एक लाख १५ हजार धरौटी माग गरी रिहा गर्ने आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए।

घरबेटी सरस्वती प्रधान धरौटीमा रिहा

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले बुधबार १ लाख १५ हजार धरौटी माग गरी रिहा गर्ने आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए ।

रुपा सुनार प्रकरण : घरबेटी प्रधान धरौटीमा रिहा

जिल्ला अदालत काठमाडौँले रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आज रु एक लाख १५ हजार धरौटी माग गरी रिहा गर्ने आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए ।जातीय विभेद तथा छुवाछुतजन्य कसुर गरेको उल्लेख गर्दै दायर भएको मुद्दाको आदेशपछि प्रधानले आजै उक्त रकम बुझाएर घर फर्किएकी हुन् ।  सुनारले प्रहरीमा दिएको जाहेरीअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको अनुसन्धान

रुपा सुनारको रिटमा सर्वाेच्चद्वारा मन्त्री श्रेष्ठसँग लिखित जवाफ माग

काठमाडाैं : सर्वोच्च अदालतले जातीय विभेदसँग सम्बन्धित घटनामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ मागेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उनलाई जवाफका लागि १५ दिनकाे समय दिएको हो। रिटमा अन्तरिम आदेश जारी हुने नहुने विषयमा दुबै पक्षलाई छलफलका लागि असार २९ गते बोलाएको छ । जातीय विभेदको आरोप लागेकी घरबेटी सरस्वती प्रधानलाई रिहा गराउन झण्डावाल गाडीमा प्रहरी कार्यालय पुगेका श्रेष्ठविरुद्ध रुपा सुनारले मुद्दा हालेकी थिइन्। जातकै आधारमा आफूलाई प्रधानले कोठा भाडामा नदिए...

घरबेटी सरस्वती प्रधानद्वारा रूपा सुनारविरुद्ध मानवअधिकार आयोगमा उजुरी

दलित भएकै कारण आफूलाई कोठा नदिएको भनी प्रहरीमा उजुरी गर्ने रूपा सुनारविरुद्ध घरबेटी सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् । रूपाको उजुरीमा ३ दिन हिरासतमा बसेर रिहा भएकी प्रधानले आफूलाई षड्यन्त्रमूलक ढंगले फसाइएको दाबीसहित बुधवार आयोगमा उजुरी दिएकी हुन् । उनले रूपालाई सहयोग गर्ने अन्य दुई जनाविरुद्ध पनि आयोगमा उजुरी दिएकी छन् । आफ्नो अनुमतिविना फोन रेकर्ड गरेर व्यक्तिगत स्वतन्त्रतामा खलल पुर्‍याएको तथा आफ्नो मानहानी गरेको आरोप पनि उनको छ ।

रुपा सुनार प्रकरणमा माफी माग्न मानव अधिकार आयोग पुगे शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, १६ असार । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मानवअधिकार आयोगसमक्ष पुगेर माफी मागेका छन् । पत्रकार रुपा सुनारलाई जातकै कारण भाडामा बस्न नदिएकी घरबेटी सरस्वती प्रधानलाई मन्त्रीको गाडी लिएर रिहा गर्न पुगेका मन्त्री श्रेष्ठको चौतर्फी आलोचना भएको थियो । आज मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको र अब आईन्दा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । […]

जातीय विभेदको आरोपित घरबेटीलाई शिक्षामन्त्रीको ‘लिफ्ट’

९ असार, काठमाडौं । जातीय विभेदका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा हुँदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार परिसरमा पुगे । उनले घरबेटी प्रधानलाई आफ्नो झण्डावाल गाडीमै लिफ्ट लिएर लगेका छन् । काठमाडौं महानगरपालिका-११ बबरमहलकी प्रधानले दलित भएकै कारण रुपा सुनारलाई कोठा दिन अस्वीकार गरेकी थिइन् […]

रिहा भइन् जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए।