देउखुरी : नेकपा (एकीकृत समाजवादी)का पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले संविधानको सुरक्षा र पालनाका निम्ति आफूहरूले जित्नैपर्ने बताएका छन्।नयाँ संविधानमाथि तरबार झुण्डिएको र आफूहरूले जित्न नसके संविधान सुरक्षित रहन्छ भन्ने कुनै ग्यारेन्टी नरहेको उनको भनाइ छ।क्षेत्र नं १(क), दाङको लालमटियामा शुक्रबार आयोजित गठबन्धन दलको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त धारणा व्यक्त गरेका हुन्। संकटको बेला नेपालका दलहरु एक ठाउँमा आउने गरेको इतिहास रहेका बताउँदै मन्त्र