ललितपुरको अल्का अस्पतालमा खोप लगाउनेको भीड : स्वास्थ्य मापदण्डको पालना भएन (फाेटाेसहित)

काठमाण्डाै - ललितपुरको अल्का अस्पतालमा चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल खोप लगाउनेको भीड लागेको छ । एउटा मात्र खोप केन्द्र र अन्तिम दिन भएकाले अल्का अस्पतालमा खोपको पहिलो मात्रा लगाउनेको भीड लागेको हो । यो खोप १८ वर्षमाथिका र ५९ वर्ष ननाघेका नागरिकलाई दिइएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने अस्पताल प्रशासनले जनाएको छ । बिहान ५ बजेदेखि नै खोप लगाउनेको लाइन सुरु भएको थियो । खोप लगाउन दुई वटा लाइन लागेको छ । खोप लगाउनेहरुको लाइन जावलाखेल चोक र भनिमण्डल चोकसम्म पुगेको छ । ...