नागढुंगा सुरुङमार्ग ८३६ मिटरसम्म गाडी चलाउन मिल्नेगरी फिनिसङ, मुख्य सुरुङ खन्ने काम ६७% सकियो

काठमाडौं। नागढुंगा- नौबिसे सुरुङमार्ग आयोजनाको मुख्य सुरुङ खन्ने काम ६७.३० प्रतिशत सकिएको छ। यसैगरी उक्त सुरुङ मार्गमा ८३६ मिटरसम्म

सम्बन्धित सामग्री

नागढुंगा सुरुङमार्ग : स्थानीयको अवरोध हटेपछि निर्माण शुरू

काठमाडौं। निर्माणको अन्तिम चरणमा पुगेको नागढुंगा सुरुङमार्ग आयोजनाको निर्माण पुन: शुरू भएको छ । सुरुङ खन्ने क्रममा जमीनमा खाडल परेको र घर चर्किएपछि प्रभावित स्थानीयवासीले निर्माण अवरुद्ध पारेका थिए । सुरुङमार्गको पूर्वी पोर्टल (काठमाडौंतर्फ)को ८३ मिटरमाथि खाडल परेको थियो । साथै ९ ओटा घर पनि चर्किएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खाडल परेको ठाउँको अनुसन्धान विज्ञबाट गराउने र चर्किएका घर अस्थायी स्थानान्तरण गर्ने निर्णय गरेपछि सुरुङमार्ग निर्माण पुन: अघि बढेको छ । यससँगै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले सुरुङमार्ग निर्माण तीव्र बनाएर एक महीनाभित्र ‘ब्रेक थ्रु’ गर्न निर्देशन दिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रालयले सुरुङमार्ग निर्माणका क्रममा भएका समस्या समाधान गर्न समिति पनि गठन गरेको छ । सडक विभागका वैदेशिक महाशाखाका प्रमुख विजय जैसीको नेतृत्वमा एक समिति गठन गरिएको जानकारी दिइएको छ । आयोजनामा निर्माण र स्थानीय बासिन्दालाई समस्या परेपछि मन्त्री ज्वालाले शनिवार सर्वपक्षीय बैठक बोलाएका थिए । पीडित पक्ष, त्यस क्षेत्रका संघीय र प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि तथा आयोजना प्रमुखको सहभागितामा निर्णय भएपछि आयोजनाको काम शुरू भएको हो । उक्त समितिले सुरुङमार्ग निर्माण स्थलमा कसरी खाडल पर्‍यो, कति घर चर्किए भन्ने जस्ता कारण पत्ता लगाउने र पीडितलाई स्थानान्तरणको व्यवस्थाका लागि काम गर्ने बताइएको छ । आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल समाधान गर्ने सूचनामा उल्लेख छ । मुआब्जा र क्षतिपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गर्ने निर्णय बैठकले गरेको छ । २०७६ कात्तिकमा शिलान्यास भएको यो सुरुङमार्गको उद्धार सुरुङमार्ग (रेस्क्यु टनेल) गत साउन तेस्रो साता ब्रेक थ्रु भएको थियो । मुख्य सुरुङमार्गको ब्रेक थु्र दशैंअघि नै गरिने भनिएको थियो । तर स्थानीयको अवरोधका कारण काममा भएको ढिलाइले दशैंअघि हुन सकेन । आयोजनाको मुख्य सुरुङमार्ग अब २०० मिटर खन्न बाँकी छ । कुल ५ दशमलव ७ किलोमिटरको नागढुंगा–नौबिसे सुरुङमार्ग बनाउन नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)बीच सन् २०१६ मा सम्झौता भएको थियो । जापान सरकारको सहुलियत ऋणमा बन्न लागेको यस सुरुङमार्गको कुल लागत २२ अर्ब रुपैयाँ छ ।

नागढुंगा सुरुङमार्ग : मुख्य सुरुङ चार सय र रेस्क्यु सुरुङ ३५ मिटर खन्न बाँकी

अबको केही महिनामा रेस्क्यु सुरुङ जोडिसक्ने र छिट्टै मुख्य सुरुङ जोड्ने तयारी छ । आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको छ ।

नागढुंगा सुरुङमार्ग ७ महिनाभित्र छेडिने

काठमाडौंलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति ६२.९० प्रतिशत पुगेको छ । सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पूरा हुने बताइएको छ ।आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ४३ सुरुङ खन्ने काम पूरा भएको […]

नागढुंगाको सुरुङ ७ महिनाभित्र छेडिने

काठमाडौंलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा(सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति १२.९० प्रतिशत पुगेको छ। सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पूरा हुने बताइएको छ। आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, 'काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ४३ सुरुङ खन्ने काम पूरा भएको छ।'विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख रामहरि पोखरेलले भने, 'आयोजनको कल ६२.९० प्रतिशत काम पूरा भएको छ। आगामी ७ महिनाभित्र

नागढुंगा सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयको तोडफोड

दहचोक–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले सोमबार तोडफोड गरेका छन्। खानेपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयको तोडफोड  गरेका हुन् ।दुई साताअघि पनि स्थानीयले प्रदर्शन गरेका थिए । तर खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिवद्धतापछि आन्दोलन रोकिएको चन्द्रागिरि २ का समाजसेवी भाइकृष्ण तामाङले बताए ।आक्रोशित  स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गर्दा करिव १ दर्जन झ्यालका सिसाहरूमा  फुटेका छन् । आयोज

स्थानीयद्धारा नागढुंगा सुरुङमार्ग आयोजनाको कार्यालयमा तोडफोड

काठमाडौं, २८ चैत्र । दहचोक–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका स्थानीयहरु विरोधमा उत्रिएका छन् । आयोजनाको कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले कार्यालयमा तोडफोड गरेका हुन् । आयोजना विरुद्ध दुई साताअघि स्थानीयले प्रदर्शन गर्दै आएका थिए । आक्रोसित स्थानीयले आयोजनाको कार्यालयको सिसा फुटाएका छन् । आयोजनाको कारण पानीको मुहान सुकेको र खानेपानीको व्यवस्थापन गर्ने भने पनि […]

नागढुंगा सुरुङमार्ग साउनसम्म सम्पन्न गर्ने नयाँ लक्ष्य

निर्माणाधीन नागढुंगा सुरुङमार्ग सुरुङ निर्माणको काम ४३ दशमलव ३५ प्रतिशत सम्पन्न भएको छ । अडिट र मुख्य गरी कुल पाँच हजार चार सय ९९ मिटर लम्बाइ सुरुङ खन्नुपर्नेमध्ये दुई हजार तीन...

नागढुंगा सुरुङ निर्माणको काम ४० प्रतिशत सकियो, समग्र भौतिक प्रगति ३० प्रतिशत

निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको सुरुङ निर्माणको काम ३९ दशमलव ६६ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो दुई हप्ताको समेत जोडेर आयोजनको समग्र भौतिक प्रगति भने ३० प्रतिशत पुगेको आयोजना प्रमुख नरेशमान...

नागढुंगा सुरुङमार्गलाई मुआब्जामा अझै ७० करोड बजेट अपुग

४ पुस, काठमाडौं । मुआब्जाका लागि पर्याप्त बजेट नपाउँदा सिस्नेखोला–दहचोक (नागढुंगा) सुरुङमार्ग आयोजनालाई समस्या परेको छ । शुरुमा तोकिएको मुआब्जा रकममा रकममा स्थानीयले चित्त नबुझाएपछि नयाँ मुआब्जा निर्धारण भएको छ । तर, सरकारले आवश्यकताअनुसार मुआब्जा रकम निकासा नदिएपछि आयोजनालाई सुरुङ बाहिरको काम अघि बढाउन चुनौती थपिएको छ । सडक विभागका अनुसार नागढुंगामा निर्माणाधीन सुरुङमार्ग आयोजनामा […]

साउनभित्र नागढुंगा  सुरुङ छेड्ने काम सम्पन्न हुने

निर्माणाधीन नागढुंगा सुरुङमार्गको मुख्य सुरुङ ०७९ साउनसम्ममा छेडिने (ब्रेक थ्रू) भएको छ । ०७८ चैतभित्रमा अडिट टनेलहरू निर्माण सक्ने कार्ययोजना रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । अडिट...