पाँचपोखरी र मेलम्चीद्वारा सडक विभागको ध्यानाकर्षण

मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस भेगको सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन् । आइतबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताललगायतको टोलीले सडक विभागको ध्यानाकर्षण गराएको हो । गत असार १ गतेको मेलम्ची बाढीले कटान गरेको मेलम्ची–१३ फटकशिलास्थित रातो पहिरो, मेलम्ची पाँचपोखरी सडक र फड्केश्वर छापभञ्ज्याङ सडकको मर्मतसम्भार तथा सडकले गरिरहेको कामका

सम्बन्धित सामग्री

हेलम्बुको चनौटेमा तत्काल बेलिब्रिज निर्माण शुरू गरिने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको चनौटेस्थित रातोपुल बाढीले बगाएको स्थानमा बेलिब्रिज बन्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरेर बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशन दिएअनुसार शुक्रवार हेलम्बु पुगेको प्राविधिकसहितको टोली उक्त स्थानमा बेलिब्रिज हाल्ने निष्कर्षमा पुगेको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का सदस्यसचिव अनिल पोख्रेलको नेतृत्वमा हेलम्बु पुगेको सडक विभाग, नेपाली सेना सम्मिलित प्राविधिक टोलीले स्थानीय सरकारसँगको समन्वयमा गत असार १ र साउन १६ गतेको बाढीले बगाएका पुलमध्ये अत्यावश्यक ठानिएको चनौटेस्थित रातोपुल बगाएको स्थानमा तत्काल बेलिब्रिजको निर्माण थालिने जानकारी दिएको छ ।      ‘प्राविधिक टोलीको सर्वेक्षणअनुसार चनौटेको रातोपुल ४१ मिटर रहेकोमा पहिलेको भन्दा चार–पाँच मिटर अग्लो बनाएर ५० मिटरको बेलिब्रिज बनाउने तयारी गरेका छौं,’ पोख्रेलले भने, ‘उक्त स्थानमा सामान लिएर जाने बाटो बन्ने बित्तिकै पुल निर्माणको काम शुरू गर्छौं ।’ प्राधिकरण, सडक विभाग र नेपाली सेनाले संयुक्त रूपमा काम गर्ने हुँदा निर्माण थालिएको १५ दिनभित्र उक्त पुल सम्पन्न हुने पोख्रेलले बताए । उनका अनुसार हेलम्बुको सर्वे सकेलगत्तै उक्त टोलीले मेलम्ची र पाँचपोखरी क्षेत्रको सर्वे गरेपछि आवश्यकताका र प्राथमिकताका आधारमा बेलिब्रिज तथा यान्त्रिक पुलको निर्माण अघि बढाइनेछ । ‘अबको चार–पाँच दिनमा बाटो क्लियर गरेर सामान लाने व्यवस्था मिलाउँछौं,’ हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने । उक्त पुल नहुँदा हेलम्बुको १, २ र ३ नम्बर वडा, पाँचपोखरी थाङपालको १ र २ नम्बर वडा र मेलम्ची नगरपालिकाको ७ र ८ नम्बर वडा सडक यातायातबाट पूर्णरूपमा वञ्चित रहेको अध्यक्ष शेर्पाले बताए । असार १ गते र साउन १६ गते गएको बाढीपहिरोले मेलम्ची क्षेत्रमा पाँचओटा पक्की पुल बगाउनुका साथै मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो । दुवाचौर–मेलम्ची बगैंचा बस सेवा सञ्चालन आइतवारदेखि दुवाचौरबाट सेल्ले मेलम्ची बगैंचासम्म सिन्धु हेलम्बु यातायातको बस सेवा सञ्चालन हुने भएको छ । बिहान ८ः३० मा छुटेर दिउँसो २ बजे मेलम्ची बगैंचाबाट फर्कने मेलम्ची–७ का वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । केही दिनमा सेल्लेमा बाटो मर्मतपछि बाँसखर्क जतन तथा बिचारीचौरमा मर्मतपछि पाल्चोक किउलसम्म बस सञ्चालन गरिने बताइएको छ । रासस