रुकुम पूर्व – रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा खानेपानीको अभाव भएको छ । जिल्लाको मुख्य केन्द्रमै खानेपानीको अभाव हुँदा स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ । सिस्ने गाउँपालिका ६ सहित अन्य वडामा खानेपानीको अभाव रहेको स्थानीयवासीले जनाएका छन् । रुकुमकोटको छिप्रीदह, चिउरेनी, आला र बाहुनडेराका झन्डै दुई सय घरधुरीले पानीको समस्या खेपिरहेका छन् ।
धारामा पानी नआउँदा दैनिक घरायसी कामकाज गर्न, पिउन, सरसफाइ गर्न समस्या हुने गरेको सिस्ने गाउँपालिका ५ छिप्रीदहका वसन्तकुमार श्रेष्ठले बताउनुभयो । धारामा पानी नझरेपछ...