रुस–युक्रेन युद्धको एक महिना : सडकमा उत्रिएर आफ्नो पक्षमा समर्थन जनाउन जेलेन्स्कीको आग्रह

रुसले युक्रेनमा आक्रमण थालेको आज एक महिना पुगेको छ । आफ्नो देशमा आक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वभरका नागरिकलाई अपिल गरी सडकमा उत्रिएर युक्रेनको पक्षमा समर्थन जनाउन आग्रह गर्नुभएको छ । रुसले स्वतन्त्रताविरोधी कदम चालेको उहाँको आरोप छ । रुसले युक्रेनमा गएको फेब्रुअरी २४ यता निरन्तर आक्रमण गर्दै आएको छ । रुसले डेस्ना नदीमाथिको एउटा महत्त्वपूर्ण पुलमा क्षति गरेको छ भने चेर्निहिव सहर र राजधानी किएभबीचको मुख्य सम्पर्क मार्ग विच्छेद गरिदिएको छ । रुस र युक्रेनबीच यसअघि पटक प...

सम्बन्धित सामग्री

रुस–युक्रेन युद्धमा चिनियाँ शान्ति प्रस्ताव सफल होला ?

काठमाडौं। रुस–युक्रेन युद्धको १३ महिनापछि युद्ध अन्त्यका लागि छलफल भयो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङबीच शान्तिका स्थापनाबारे छलफल भएको हो। चीनले गत महिना रुस र युक्रेनबीच जारी युद्ध रोक्न १२ बुँदे शान्ति प्रस्ताव अघि सारेको थियो। चीनद्वारा अगाडि सारिएको उक्त प्रस्तावमा शत्रुता बन्द गर्दै शान्ति वार्ता गर्नेलगायतका बुँदाहरु समावेश छन्।

मन्त्री बडूको दावी : उद्योग र व्यापार क्षेत्रमा सुधार गरें

२३ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुस-युक्रेन युद्ध र काेभिड-१९ महामारीको  चपेटामा परेको उद्योग तथा व्यापार क्षेत्रमा सुधार भएको दावी गरेका छन् । मन्त्रालय सम्हालेकाे ५ महिना अवधिमा भएका कामबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा उनले यस्तो दावी गरेका हुन् । २४ चैतमा मान्त्रालय सम्हाल्दा मुलुककाे अन्तर्राष्ट्रिय व्यापार […]

पाठ्यपुस्तक समयमा नछापिनुको कारण रुस-युक्रेन युद्ध !

‘हाम्रो कार्यतालिका अनुसार चैत १० गतेसम्ममा सम्पूर्ण कागज आपूर्ति गरिसक्नुपर्ने सम्झौता असोज २४ गते गरिएको थियो । तर यो बीचमा रुस–युक्रेन युद्ध भयो । जसका कारण हामीकहाँ मात्रै होइन, विश्वभर नै कागजको हाहाकार भयो । त्यसको प्रभाव नेपालमा पनि पर्‍यो’ जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा भन्छन् ।

नेपाल, तटस्थता र रुस–युक्रेन युद्ध

रुसले युक्रेनविरुद्ध युद्ध छेडेको डेढ महिना भयो । रुसी फौज किभआसपासबाट पछि हटे पनि पूर्वी डोनबास क्षेत्रमा गोलाबारी जारी छ । युद्ध लम्बिँदै जाँदा एकातिर एकपछि अर्को ‘युद्धअपराध’का घटना सार्वजनिक भएका छन्,...

रुस-युक्रेन युद्धले विश्वबजारमा दूधको मूल्य बढ्यो

एजेन्सी, ६ चैत्र । रुस र युक्रेनबीचको युद्धले विश्वबजारमा दूध र दुग्धजन्य पद्धार्थको मूल्य बढेको छ । इन्धनको मूल्य बढ्दा दूधको मूल्यमा असर परेको हो । दुधको पाउडरको मूल्य वृद्धि भएको छ । यसै महिना दुगको पाउडको मूल्य आठ वर्षयताकै महङ्गो भएको छ । निर्जल दुधको फ्याटको मूल्यले यसै महिना किर्तिमान कायम गरिसकेको छ । […]