काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिले अहिलेको सरकार असफल भएमा संविधान र व्यवस्था पनि असफल हुने बताएका छन्।प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गिरिले यसपटक सरकारलाई असफल हुने छुट नभएको बताए । सरकार गठनमा भूमिका खेलका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायतको नाम उल्लेख गर्दै उनले सरकार असफल भए प्रधानमन्त्री शेरबहादुर देउवा मात्रै असफल नहुने तर्क गरे।‘यो सरकार असफल भयो भने शेरबहादुरजी मात्रै असफल हुनुहुन्न, बुझ्नुस् सरोकारवालाहरूले ।’ गिरिले थपे