नबिल ब्यालेन्सड् फण्ड २ र इक्वीटी फण्डले प्रतिफल प्रयोजनका लागि असोज ११ गते बुक क्लोज गर्ने

असोज १, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल व्यालेन्सड् फण्ड २ र नबिलल इक्वीटी फण्डले प्रस्तावित प्रतिफलका लागि असोज ११ गते (एक दिन) बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम इकाईनीहरु मात्र यी फण्डहरुको प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।  नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्सड् फण्ड २ को लागि कर समेत ३५ प्रतिशत र नबिल इक्वीटी फण्डको लागि कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । नबिल ब्यालेन्सड् फण्ड सञ्चालनका लागि ११ करोड २० लाख इकाई जारी गरिएको थियो । साउन मसान्तसम्म यस योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १८ दशमलव ८७ रहेको छ ।  त्यस्तै, नबिल इक्वीटी फण्डले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । साउन मसान्तसम्म यस फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य रू. १९ दशमलव २८ रहेको छ ।