नबिल म्युचुअलका चारओटै फण्डको न्याभ घट्यो

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड, नबिल ब्यालेन्सड् फण्ड २, नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्सड् फण्ड ३ ले भदौको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार फण्डको यी चारओटै फण्डको न्याभ साउनको तुलनामा भदौमा घटेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ को न्याभ साउन मसान्तमा १० रुपैयाँ ६१ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ २९ पैसा कायम भएको हो । नबिल फ्लेक्सी क्याप फण्डको न्याभ साउन मसान्तमा ९ रुपैयाँ ६९ पैसा रहेकोमा भदौ मसान्तमा ९ रुपैयाँ ५६ पैसा कायम भएको छ । त्यस्तै नबिल ब्यालेन्सड् फण्ड ३ को न्याभ साउन मसान्तमा ८ रुपैयाँ ९० पैसा रहेकोमा भदौ मसान्तमा ८ रुपैयाँ ७६ पैसामा झरेको हो । नबिल इक्वीटी फण्डको न्याभ साउन मसान्तमा १० रुपैयाँ ५८ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ ४४ पैसा कायम भएको छ । यस फण्डले भदौ मसान्तसम्ममा रू. ४ करोड ५६ लाख नोक्सानी व्यहोरेको छ । साउन मसान्तमा पनि रू. २ करोड ८५ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी साउनको तुलनामा भदौमा बढेको छ । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ६६ करोड ५१ लाख लगानी गरेको छ ।  नबिल ब्यालेन्सड् फण्ड ३ ले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७० करोड २१ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तसम्ममा रू. ७२ करोड ३२ लाख थियो । त्यस्तै यस फण्डको पनि नोक्सानी साउनको तुलनामा भदौमा बढेको छ । साउन मसान्तमा फण्ड रू. ३ करोड २ लाख नोक्सानीमा रहेकोमा भदौ मसान्तमा बढेर रू. ४ करोड ७७ लाख पुगेको हो ।   नबिल फ्लेक्सी क्याप फण्ड पनि भदौ मसान्तमा रू. १ करोड ६७ लाख नोक्सानीमा छ । भदौमा पनि फण्ड रू. १ करोड ३ लाख नोक्सानीमा थियो । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २४ करोड ४७ लाख लगानी गरेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ ले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७९ करोड ६९ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा रू. ८१ करोड ९३ लाख थियो । यस फण्डले भदौ मसान्तसम्ममा रू. ७ करोड ८७ लाख नोक्सानी व्यहोरेको छ । साउन मसान्तमा पनि फण्ड रू. ४ करोड २९ लाख नोक्सानीमा थियो ।  नबिल इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल फ्लेक्सी क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल ब्यालेन्सड् फण्ड ३ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल ब्यालेन्सड् फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

बाणिज्य बैंकहरूको नाफा साढे १३ प्रतिशत घट्यो, सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक

बाणिज्य बैंकहरूको नाफा साढे १३ प्रतिशत घट्यो, सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक

बाणिज्य बैंकहरूको नाफा साढे १३ प्रतिशत घट्यो, सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक

बाणिज्य बैंकहरूको नाफा साढे १३ प्रतिशत घट्यो, सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक

नबिल म्युचुअलका चारओटै फण्डको न्याभ घट्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड, नबिल ब्यालेन्सड् फण्ड २, नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्सड् फण्ड ३ ले साउन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी चारओटै फण्डको न्याभ असारको तुलनामा साउनमा घटेको छ ।  नबिल इक्वीटी फण्डको न्याभ असार मसान्तमा १० रुपैयाँ ८१ पैसा रहेकोमा साउन मसान्तमा १० रुपैयाँ ५८ पैसामा झरेको हो । त्यस्तै नबिल ब्यालेन्सड् फण्ड २ को न्याभ असार मसान्तसम्ममा १० रुपैयाँ ९९ पैसा रहेकोमा साउन मसान्तमा बढेर १० रुपैयाँ ६१ पैसा कायम भएको छ । नबिल फ्लेक्सी क्याप फण्डको न्याभ साउन मसान्तमा ९ रुपैयाँ ६९ पैसा पुगेको छ । यस फण्डको न्याभ असार मसान्तमा भने ९ रुपैयाँ ९० पैसा थियो ।  त्यस्तै नबिल ब्यालेन्सड् फण्ड ३ को न्याभ असार मसान्तमा ९ रुपैयाँ १४ पैसा रहेकोमा साउन मसान्तमा घटेर ८ रुपैयाँ ९० पैसा कायम भएको हो । यो फण्ड साउन मसान्तसम्ममा रू. ३ करोड २ लाख नोक्सानीमा छ । असार मसान्तमा भने फण्ड रू. ७ करोड १४ लाख नाफामा थियो । साउनमा फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । यो फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७२ करोड ३२ लाख लगानी गरेको छ ।  नबिल फ्लेक्सी क्याप फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २३ करोड ६० लाख लगानी गरेको छ । यो लगानी असार मसान्तमा भने रू. २० करोड ४९ लाख थियो । त्यस्तै फण्डको नोक्सानी असारको तुलनामा साउनमा बढेको छ । असार मसान्तसम्ममा फण्ड रू. ४३ लाख १५ हजार नोक्सानीमा रहेकोमा साउन मसान्तमा बढेर रू. १ करोडभन्दा बढी पुगेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ ले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८८ करोड १७ लाख लगानी गरेकोमा साउन मसान्तमा रू. ८१ करोड ९३ लाख गरेको हो । यो फण्ड असार मसान्तमा रू. १० करोडभन्दा बढी नाफामा भएकोमा साउन मसान्तमा भने रू. ४ करोड २९ लाख नोक्सानीमा रहेको हो ।  नबिल इक्वीटी फण्ड पनि साउन मसान्तमा रू. २ करोड ८५ लाख नोक्सानीमा छ । यो फण्ड असार मसान्तमा भने रू. ८ करोड ९९ लाख नाफामा थियो । यो फण्डले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ७१ करोड ६४ लाख लगानी गरेको छ ।  नबिल इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस नबिल ब्यालेन्सड् फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल ब्यालेन्सड् फण्ड ३ रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  नबिल फ्लेक्सी क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

चैत तुलनामा वैशाख महीनामा नबिल इक्वीटी फण्डको एनएभी घट्यो

जेठ १३, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्डले वैशाख मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त विवरण अनुसार फण्डको एनएभी चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ । फण्डको एनएभी चैत मसान्तसम्ममा रू. १२ दशमलव २१ रहेकोमा  वैशाख मसान्तमा रू. ११ दशमलव ८७ कायम भएको हो ।  त्यसैगरी फण्डको नोक्सानी पनि बढेको छ । चैत मसान्तसम्ममा फण्डले रू. २२ करोड १४ लाख नोक्सानीमा रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. २६ करोड  ३१ लाख पुगेको हो ।  वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । चैत मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. २ करोड ५२ लाख रहेकोमा वैशाख मसान्त सम्ममा बढेर रू. २ करोड ७५ लाख पुगेको छ ।  त्यसैगरी फण्डको जम्मा आम्दानी वैशाख मसान्त सम्ममा रू. २३ करोड ५६ लाख ऋणात्मक रहेको छ । त्यस्तै फण्डको सूचीकृत धितोपत्रमा लगानी पनि घटेको छ । चैत मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. १ अर्ब १६ करोड लगानी रहेकोमा वैशाख मसान्तसम्ममा रू. १ अर्ब ११ करोडमा झरेको हो ।

भदौ मसान्तसम्ममा नबिल इक्विटी फण्डको एनएभी घट्यो

असोज १४, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्डले भदौ मसान्तको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी साउन मसान्तको तुलनामा भदौ मसान्तमा कमि आएको छ । फण्डको एनएभी साउन मसान्तसम्ममा रू. १९ दशमलव २८ रहेकोमा भदौ मसान्तमा घटेर रू. १७ दशमलव ७४ मा सीमित भएको हो । त्यसैगरी साउन मसान्तसम्ममा रू.१६ करोड २४ लाख ७८ हजार नाफा कमाएको उक्त  फण्डले भदौ मसान्तसम्ममा रू. २ करोड ९२ लाख ९६ हजार नोक्सानी व्यहोरेको छ । त्यसैगरी  फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू.१ अर्ब ४६ करोड २९ लाख ६४ हजार लगानी गरेको छ ।   उक्त फण्डले साउन मसान्तसम्ममा भने सूचीकृत शेयरमा रू.१ अर्ब ७५ करोड ३९ लाख ५० हजार लगानी गरेको थियो । यसरी हेर्दा फण्डको साउन मसान्तको तुलनामा भदौ मसान्तमा सूचीकृत शेयरमा लगानी घटेको छ । त्यसैगरी फण्डले भदौ मसान्तसम्ममा सूचीकृत ऋणपत्रमा भने रू. ११ करोड ५२ लाख ७२ हजार लगानी रहेको छ ।

वैशाखमा नबिल म्युचुअल फण्डका दुबै योजनाको एनएभी घट्यो

जेठ १३, काठमाडौं । चैत मसान्तको तुलनामा वैशाख मसान्तसम्ममा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाको एनएभी घटेको छ ।  नबिल  ब्यालेन्स फण्ड - २ र नबिल इक्विटी फण्डको एनएभी(प्रतिइकाई खुद सम्पत्तिको मूल्य) घटेको हो  । नबिल इक्वीटी फण्डको एनएभी चैत मसान्तमा रू. १७ दशमलव २४ रहेकोमा वैशाख मसान्तमा घटेर रू. १६ दशमलव ९९ मा झरेको हो । त्यसैगरी नबिल ब्यालेन्स फण्ड- २ को एनएभी  वैशाख मसान्तमा रू. १६ दशमलव २६ रहेको छ । योजनाको एनएभी चैत मसान्तसम्ममा रू. १६ दशमलव ३५ थियो । ती दुबै योजनाको एनएभीसँगै नाफामा पनि कमि आएको छ । गत चैत मसान्तसम्ममा रू. ६८ करोड ६४ लाख ४४ हजार नाफा कमाएको नबिल ब्यालेन्स फण्ड २ को नाफा वैशाख मसान्तमा भने रू. ६७ करोड ६० लाख ७५ हजारमा सीमित भएको हो । यस योजनाले वैशाख मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ३९ करोड ६७ लाख ६० हजार र ऋणपत्रमा रू. २१ करोड ७४ लाख लगानी गरेको छ ।  त्यसैगरी गत चैत मसान्तसम्ममा रू. ९० करोड १४ लाख ३२ हजार नाफा कमाएको नबिल इक्विटी फण्डको नाफा वैशाख मसान्तमा रू. ८६ करोड ९९ लाख ६८ हजारमा सीमित भएको हो ।  वैशाख मसान्तसम्ममा ती दुई योजनाले शेयर बजारमा लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा कमि आएसँगै एनएभी र नाफामा कमि आएको हो ।