पुँजीबजार सुधार संघर्ष समिति विघटन, १९ बुँदे सहमति कार्यन्वयनको लागि नयाँ समिति गठन

नेपाल धितोपत्र बोर्ड र पुँजीबजार सुधार संघर्ष समितिबीच भएको १९ बुँदे सहमति कार्यन्वयनको लागि कार्यन्वयन समिति गठन गरिएको छ ।सहमति कार्यन्वयनको लागि बोर्डले आज कार्यन्वयन समिति गठन गरेको हो ।कार्यन्वयन समितिमा धितोपत्र बोर्डको तर्फबाट कायम मुकायम कार्यकारी निर्देशकद्वय विनयदेव आचार्य र मुक्तिनाथ श्रेष्ठ रहेका छन् । त्यस्तै पुँजीबजार सुधार संघर्ष समितिको तर्फबाट रोहन कार्की र एसपी चौलागाई सदस्य रहेका छन् । समितिमा नेपाल सरकारबाट मान्यता प्राप्त संघहरुका एक एक जना प्रतिनिधि रहने छन् ।आज बोर्डसँग १९ बुँदे सहमति भएसंगै पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडेका छन् । अनसनको १० औ दिनमा आज उनले नेपाल धितोपत्र  बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।  संघर्ष समितिले राखेका माग पुरा गर्नको लागि बोर्डले कार्यन्वयन समितिले बनाएसंगै कोइतालाले अनसन तोडेका हुन्  । कोइरालाले बोर्डसँग सहमति भएसँग अब  पुँजीबजार सुधार संघर्ष समिति विघटन भएको र बाँकि काम कार्यन्वयन समिति मार्फत हुने बताएका छन् । बोर्ड अध्यक्ष हमालले कार्यन्वयन समितिले आइतबार बाट नै काम थाल्ने र पुँजीबजारलाई स्वच्छ , सफा र उत्साहपूर्ण बनाउने प्रतिवद्दता जनाएका छन् ।  यस्ता छन् १९ बुँदे सहमति  १.अर्थ मन्त्रालयले गठन गरेको मुद्रा तथा पँजी बजारका समस्या अध्ययन गर्न गठन गरेको अध्ययन समतिको ५८ बूंदे सुझावका बाँकी काम गर्न गराउन पूँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर कार्य गर्ने ।२. बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेप्सेसँग आवश्यक समन्वय गर्ने ।३. कमिशन ब्रोकर र फुल ब्रोकर सम्बन्धमा थप अध्ययन गरी कार्य अगाडि बढाइने ।४. धितोपत्र दलाल व्यवसायीको विगत १५ महिनामा २३ स्थानमा शाखा कार्यालयका लागि पूर्वाधार तयार गर्न सूचित गरेकोमा आठ स्थानमा शाखा कार्यालय स्थापना स्वीकृति गरिएको छ । तथा थप १६ स्थान स्वीकृत दिने प्रकृया तत्काल अगाडि बढाइने।५. गैर आवसीय नेपालीहरुलाई पुँजी बजारमा लगानीको वातावरण तयार गर्न हाललाई विदेशमा काम गर्ने श्रमिकहरुलाई सार्वजनिक निष्काशनमा १० प्रतिशत आरक्षण गर्ने काम अन्तिम चरणमा रहेकोले आगामी २०७९ श्रावण देखि कार्यान्वयनमा आउने ।६. सार्वजनिक ओहदामा रहेका महानुभावहरुलाई पूँजी बजारको बारेमा सकारात्मक वा नकारात्मक अभिव्यक्ति नदिने सम्बन्धमा बोर्डले संचालन गर्ने वित्तीय साक्षरताको कार्यक्रममा उक्त विषयलाई विशेष जोड दिने र यस सम्बन्धमा बोर्डले समय समयमा विज्ञप्ती जारी गर्ने ।७. नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिवेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढिकरण गर्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने ।८. साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्म (SMES Platform) संचालनका लागि नेप्सेले कार्यविधि तयार गरिसकेको र सो सम्बन्धी प्राविधिक व्यवस्था मिलाउने कार्य भैरहेकोले २०७९ भदौ महिना सम्म कार्यान्वयनमा ल्याउनका लागि पहल गर्ने ।९. धितोपत्र बजारमा लिईने शुल्कका सम्बन्धमा बोर्डबाट अध्ययन सम्पन्न हुने क्रममा रहेकोले सोको प्रतिवेदन प्राप्त भएपश्चात सबै सरोकारवालाहरुको उचित राय सुझाव लिई अन्तिम रुप दिने ।१०. दीर्घकालिन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने ।११. मागको बूँदा ११ को सम्बन्धमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ कार्यान्वयन पश्चात टिएमएस सञ्चालन गर्दा प्राविधिक रुपमा सम्भाव्य भएमा उक्त व्यवस्था समेट्ने सम्बन्धमा आवश्यक कार्य अगाडि बढाइने छ।१२. मागको बूँदा १२ को सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग समन्वय गर्ने ।१३. धितोपत्र बजारमा नयाँ औजार भित्रयाउने सम्बन्धमा नेपाल स्टक एक्सचेञ्ज लि. बाट अध्ययन भई कार्यान्वयनको चरणमा रहेकोले सोको लागि आवश्यक कार्य अगाडि बढाइने ।१४. मागको बँदा १४ सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बीमा समितिसँग आवश्यक समन्वय गर्ने ।१५. मागको बूँदा १५ सम्बन्धमा नेपाल राष्ट्र बैंकसँग आवश्यक समन्वय गर्ने ।१६. मागको बूँदा १६ सम्बन्धमा आवश्यक अध्ययन गरी कार्य अगाडि बढाइने ।१७. मर्जर तथा एक्विजिसन सम्बन्धमा रहेको अन्यौलता हटाउन नेपाल राष्ट बैंक, बीमा समिति र नेप्से सम्मलित समिति गठन भइसकेको र उक्त समितिबाट प्राप्त हुने प्रतिवेदन बमोजिम कार्य तत्तकाल कार्य अगाडि बढाइने।१८. मागको बूँदा १८ को सम्बन्धमा नेपाल राष्ट्र बैंकसंग समन्वय गर्ने । १९. मागको बुँदा नं. १९ को सम्बन्धमा पूँजी बजार र शयर मूल्य को सम्बन्धमा पूँजी बजार र शेयर मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागू गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी आवश्यक समय प्रदान गर्ने ।

सम्बन्धित सामग्री

प्रेस युनियनद्वारा परामर्श समिति गठन

काठमाडौँ– नेपाल प्रेस युनियनले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले आज ६१ सदस्यीय केन्द्रीय परामर्श समिति गठन गरिएको जानकारी दिए । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवद्र्धन, युनियनको संस्थागत विकास र संगठनको मूल्य-मान्यता र आदर्शलाई आत्मसाथ गर्दै युनियनको बृहत् हितका लागि समिति गठन गरेको उनको भनाइ छ […]

राप्रपाः संसदीय समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ।...

प्रश्नपत्र हुबहु : त्रिविद्वारा छानबिन समिति गठन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ । रजिस्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा. पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ । रजिस्ट्रार प्रा डा. दाहालले छानबिन […]

पूँजी बजार अध्ययनका लागि समिति गठन

पूँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले धितोपत्र बजारको समस्या समाधानका लागि समिति गठन गर्न लागिएको जानकारी दिए।...

छानबिन समिति गठन

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो।...

लेटाङ घटनाको छानबिन गर्न पाँच समिति गठन

मोरङ, ९ चैत्र । मोरङको लेटाङमा महिला प्रहरी जवानको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । गत आइतबार शिक्षा माविमा प्रहरी र स्थानीयबीच झडपमा प्रहरीको मृत्यु भएको विषयमा छानबिन गर्न बुधबार प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा छानबिन समिति गठन भएको हो । चौधरीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको हो । […]

कपिलवस्तुमा जिल्ला नागरिक आरोग्य समिति गठन

जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालको संयोजकत्वमा कपिलवस्तुमा जिल्ला नागरिक आरोग्य समिति गठन गरिएको छ। नागरिक आरोग्य कार्यक्रम संचालन निर्देशिका २०७६ अनुसार सो समिति गठन गरिएको हो।...

दुई इन्जिनियरको मृत्यु घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं : सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको मृत्यु भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घटनाको सत्यतथ्य पत्ता लगाउन सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति समिति गठन गरेको हो।मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले समिति गठन भएको जानकारी दिँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने जानकारी दिए। भविष्यमा यस्तो घटना नहोस् भनेर सुरक्षा मापदण्ड कार्यविधि बनाउन समिति गठन गरिएको उनले बताए।आइतबार अपराह्न आयो

उद्योग परिसंघमा तीन समिति गठन

यस्तै परिसंघका राष्ट्रिय परिषद सदस्य अनलाज भट्टराईको सभापतित्वमा बैंक तथा वित्तीय संस्था समिति गठन भएको छ ।