नेकपा एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे

नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन् । आज बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो  । उनी पाल्पा जिल्लाबाट संघीय सांसद निर्वाचित हुन् ।यसअघि प्रदेश अध्यक्षमा रहेका मेटमणि चौधरी सहरी विकास मन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको प्रदेश सचिव राजु गुरुङले जानकारी दिए । यस्तै समाजवादी रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन्।प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु ग

सम्बन्धित सामग्री

कांग्रेस आफैंलाई धोका दिने पार्टी हो– सोमप्रसाद पाण्डे (भिडियोसहित)

काठमाडौं, २० पुष । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन वाम एकताको विकल्प नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता पाण्डेले हालै सम्पनन्न निर्वाचनअघि पनि वाम एकता र वाम तालमेलका बारेमा छलफल भएपनि त्यो सम्भव नभएको र […]

हामी ‘कम्प्रोमाइज’मा जान्छौं, गठबन्धन भत्काउँदैनौंः सोमप्रसाद पाण्डे

काठमाडौं, १५ असोज । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले पार्टीको बटमलाइन २३ सिट भए पनि अन्तिममा सम्झौता हुने बताएका छन् । “पाँच दलीय गठबन्धनमा हाम्रो बटमलाइन २३ सिट हो । ती स्थानमा हाम्रो उम्मेदवारीले अत्यन्त राम्रो परिणाम दिनेवाला छ । तर भागबन्डा मिलाउँदा १७, १८ पर्ने देखियो । अन्तिममा पार्टी कम्प्रोमाइजमा जान्छ । […]

एकीकृत समाजवादीको लुम्बिनी प्रदेशको अध्यक्षमा सोमप्रसाद पाण्डे

बुटवलः नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका सोमप्रसाद पाण्डे चयन भएका छन्। शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले संघीय सांसदसमेत रहेका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो। यसअघि प्रदेश अध्यक्ष रहेका मेटमणि चौधरी शहरी बिकासमन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको बताइएको छ। यस्तै…

एमाले सांसदद्वय पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने

सर्वोच्च अदालतले एमाले सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी)को सदस्य बन्न कुनै रोक नलगाउन अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको मंगलबारको इजलासले दुवैको...

सोम पाण्डे मन्त्री बन्दै, माधव नेपालले दिए ‘ग्रिन-सिग्नल’

काठमाडौं, २९ भदौ । सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने अन्तरिम आदेश जारी भएको छ । सोम पाण्डे माधव नेपालका सम्धी हुन् । उनी निर्वाचन आयोगमा सनाखत गर्ने दिनमात्रै नेकपा (एकीकृत समाजवादी) मा खुलेका थिए । तर, आयोगले उनीहरुको सनाखत गरेको थिएन । आफूहरुले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउनुपर्ने माग […]

समाजवादीमा जान चाहने पाण्डे र भट्टको रिटमा आज आदेश आउने

काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा जान पाऊँ भन्दै रिट निवेदन दिएका सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवि भट्टको रिट निवेदनमा मंगलबार आदेश आउने संभावना छ। पाण्डे र भट्टले दिएको रिट निवेदनमाथि सुनुवाई गर्दै आइतबार न्यायाधीश मीरा खड्काको एकल इजलासले मंगलबार (आज) अन्तरिम आदेशबाट निर्णय गर्न दुवै पक्षलाई बोलाएको छ। मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद […]

सांसद पाण्डे र भट्टको मुद्दामा मंगलबार अन्तरिम आदेशबारे छलफल हुने

काठमाडौँ– माधवकुमार नेपाल  नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा जान पाऊँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टको मुद्दामा सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेशबारे छलफलका लागि बोलाएको छ। उनीहरुले एकीकृत समाजवादीमा जान चाहेको भन्दै आयोगमा निवेदन दिएपनि आयोगले सनाखत गर्न अस्वीकार गरेको थियो। आयोगले सनाखत गर्न नमानेपछि पाण्डे र भट्टले सर्वोच्चमा […]