हकप्रद अनुमति दिँदा ५ मेगावाटको आयोजनाले अर्को ५० मेगावाट बनाउँदैछ : दिल्लीबहादुर सिंह

काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जलविद्युत आयोजनालाई हकप्रद शेयर जारी गर्न अनुमति दिएपछि ५ मेगावाटको आयोजनाले पनि ५० मेगावाटको अर्को आयोजना बनाउन सुरु गरेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१ औं साधारणसभाको उद्‍घाटनमा बोल्दै अध्यक्ष सिंहले हकप्रदको अनुमति दिंदा राम्रो भएको बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा ठूलो उपलबब्धी भएको सिंहको भनाइ छ ।  ‘हिजो ५० मेगावाट बिजुली किनिदिनुस भन्ने अवस्था थियो । २०० मेगावाट किन्दा पनि दङ्ग पर्थ्यौ । अहिले त एकैपटक १० हजार मेगावाटको सम्झौता भयो । यो निकै ठूलो उपलब्धी हो’ उनले भने । बंगलादेशसँग विद्युत व्यापारका लागि नेपाल र बंगलादेश दुवैले भारतसँग बाटो माग्ने र डेडिकेटेड प्रसारणलाइन आफै बनाउनुपर्नेमा उनको जोड छ । प्राइभेट सेक्टरको रफ्तार रनवेबाट टेकअफ गरेको र अव यसको उडान निकै टाढासम्म हुनेमा आफू विश्वस्त रहेको उनले बताए । निजी क्षेत्रले विद्युत व्यापार गर्ने कुरा आउँदा प्रसारणलाइनको कुरा आउँछ । तर ग्रीड कोड सम्बन्धी निर्देशिका बनाएको ४ महिनासम्म पनि सुझाव नआएको उनको भनाइ छ । अब इपानले सुझाव दिएर यसलाई अन्तिम रुपदिन सहयोग गर्न पनि उनले आग्रह गरे । नेपालमा विद्युत उत्पादन बढ्दै गएपनि यसको लागत बढ्दा उत्पादन पनि महँगिएको छ । तर अब उत्पादन लागत पनि घटाउँदै जानुपर्ने उनले बताए । त्यसका लागि विदेशमा रहेका पेनसन फण्डको पैसा ल्याएर जलविद्युतमा लगानी गर्न सके उत्पादन सस्तो हुने पनि उनको सुझाव छ । त्यसता फण्डको पैसा सस्तो ब्याजदरमा चलाउन पाइन्छ । नेपाललाई समृद्ध बनाउने क्षेत्र ऊर्जा नै हो, अहिलेसम्म निजी क्षेत्रलाई विश्वास नगर्नु दुखद : सिएनआई अध्यक्ष अग्रवाल नेपाल उद्योग परिसंघ (सिएनई)का अध्यक्ष बिष्णुकुमार अग्रवालले नेपाललाई समृद्ध बनाउने क्षेत्र ऊर्जा नै भएको बताएका छन् ।  सभामा बोल्दै अध्यक्ष अग्रवालले नेपालको समृद्धिको आधार ऊर्जा नै भएको बताएका हुन् । ‘भारतमा १० हजार मेगावाट र बंगलादेशले ५० मेगावाट विद्युत लिने समझदारी ऐतिहासिक छ । ’अग्रवालले भने, ‘तर नेपालमा निजी क्षेत्रलाई काम गर्न निकै अफ्ठेरो छ ।’ नेपालको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा भएपनि यसबाट बाहिर आउने आधार पनि ऊर्जा नै रहेको उनको भनाइ छ । ‘अहिले नेपालको सबै ध्यान ऊर्जामा केन्द्रित गर्नुपर्छ । चार तिर हात हालेर हुँदैन । नेपाललाई समृद्ध बनाउने र अहिलेको अफ्ठ्यारोबाट बाहिर निकाल्ने क्षेत्र ऊर्जा नै हो ।’ उनले भने । १० हजार मेगावाटका आयोजनाको पीपीए हुन बाँकी रहेको र अहिले पीपीए गर्दा ५/७ वर्ष अघि निर्माण सम्पन्न नहुने हुँदा तुरुन्त पीपीए खोल्नुपर्नेमा पनि उनले जोड दिए । कुल जडित क्षमताको ५० प्रतिशत भन्दा बढी ऊर्जा उत्पादनमा संग्लग्न निजी क्षेत्रलाई सरकारले अहिले पनि विश्वास गर्न नसकेकोमा उनले दुख व्यक्त गरे ।

सम्बन्धित सामग्री

पम्फा भुसालविरुद्ध लेखेपछि विद्युत नियमन आयोगका अध्यक्षलाई स्पष्टीकरण

काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह विवादमा तानिएका छन् । ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सिंहले सामाजिक सञ्जालमा पोष्ट गरेको पाइएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । सिंहलाई उर्जामन्त्रीले गरेका जलविद्युत क्षेत्रका गलत क्रियाकलाप भनी १० वटा बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । निर्वाचन […] The post पम्फा भुसालविरुद्ध लेखेपछि विद्युत नियमन आयोगका अध्यक्षलाई स्पष्टीकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह विवादमा तानिए

काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह विवादमा तानिएका छन् । ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सिंहले सामाजिक सञ्जालमा पोष्ट गरेको पाइएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । सिंहलाई उर्जामन्त्रीले गरेका जलविद्युत क्षेत्रका गलत क्रियाकलाप भनी १० वटा बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । निर्वाचन […]

ऊर्जामन्त्रीविरुद्ध लेखेको भन्दै विद्युत नियमन आयोगका अध्यक्षलाई स्पष्टीकरण

काठमाडौं – विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह विवादमा तानिएका छन्। ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सिंहले सामाजिक सञ्जालमा पोष्ट गरेको पाइएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो। सिंहलाई उर्जामन्त्रीले गरेका जलविद्युत क्षेत्रका गलत क्रियाकलाप भनी १० वटा बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए। निर्वाचन आचारसंहिता, २०७९ को […]

विद्युत नियमन आयोगमा अध्यक्ष र ३ सदस्य नियुक्तिको लागि दरखास्त आह्वान

सरकारले रिक्त रहेको विद्युत नियमन आयोगका अध्यक्ष र एक महिला सहित ३ सदस्य नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । सिफारिस समितिले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम विद्युत नियमन आयोगको रिक्त अध्यक्ष (एक) र तीन सदस्य (एक जना महिलासहित) पदमा नियुक्तिका लागि सोही दफामा तोकिएबमोजिम आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उम्मेदवारहरूलाई १५ दिनभित्र उक्त ऐनको दफा ७ को उपदफा (१) बमोजिम गठित सिफारिस समिति समक्ष मन्त्रालयमा आवेदन पेश गर्न आग्रह गरेको छ। आवेदन दिँदा विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची-१ बमोजिमको आवेदन (आवेदन साथ व्यक्तिगत विवरण, नोटरी पब्लिकबाट प्रमाणित शैक्षिक योग्यताका प्रति र कार्य अनुभवसम्बन्धी कागजात) पेश गर्नु पर्ने छ। त्यस्तै विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची-२ बमोजिमको स्वघोषणा पेश गर्नु पर्ने छ। कार्ययोजनाको ढाँचा र यससम्बन्धी थप जानकारी सिफारिस समितिको सचिवालयबाट प्राप्त गर्न सकिने र आवेदन पेश गरेका उम्मेदवारहरूमध्ये कार्ययोजनाको मुल्यांकनबाट छनौट भई संक्षिप्त सूचीमा परेका बढीमा ५ जना उम्मेदवारहरूलाई कार्ययोजना प्रस्तुतिका लागि इमेल वा एसएमएस वा टेलिफोनबाट सूचित गरिने समितिले जनाएको छ।सरकारले आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, र सदस्यद्वय रामेश्वर कलवार तथा भागीरथी ज्ञवालीलाई बर्खास्त गरेपछि नयाँ नियुक्त प्रक्रिया सुरु गरेको हो  । फागुन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई बर्खास्त गरेको थियो  । आयोगका अर्का सदस्य डा. राम प्रसाद धितालले भने राजिनामा दिएका थिए  । छानविन समितिको सिफारिसमा सरकारले अध्यक्ष दिल्लीबहादुर सिंह, र सदस्यद्वय रामेश्वर कलवार तथा भागीरथी ज्ञवालीलाई बर्खास्त गरेको थियो  ।  उर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा विद्युत नियमन आयोगका अध्यक्ष र सदस्यहरुमाथि छानविन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेकाे थियो । समितिका सदस्यहरुमा  पूर्वसहसचिवद्वय विष्णु थापा र आशिष घिमिरे थिए ।  आयोगका अध्यक्ष सिंह र अन्य सदस्यहरुलाई केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

विद्युत् नियमन आयोगका अध्यक्ष सिंहसहित तीन पदाधिकारी पदमुक्त

सरकारले विद्युत् नियमन आयोगका पदाधिकारीहरुलाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह तथा सदस्यहरु रामेश्वर प्रसाद कलवार र भागिरथी ज्ञवालीलाई पदबाट हटाउने निर्णय गरेको हो । आयोगका पदाधिकारी माथि छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदनका आधारमा उनीहरुलाई पदबाट हटाउने निर्णय गरिएको एक मन्त्रीले बताए ।

विद्युत् नियमन आयोगका पदाधिकारी हटाउन छानविन समितको सुझाव

विद्युत् नियमन आयोगका पदाधिकारीहरुबारे छानविन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह तथा सदस्यहरु रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार र भागीरथी ज्ञवालीको कार्यक्षमताका सम्बन्धमा छानविन गर्न गठित समितिले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई प्रतिवेदन बुझाएको हो ।