यातायात व्यवस्था विभागमा सुरक्षित छ १७ भदौसम्मको अभिलेख

जेन-जी आन्दोलनको पहिलो दिन २३ भदौमा नै काठमाडौँ मीनभवनस्थित यातायात व्यवस्था विभागमा आक्रमण भएको थियो। आन्दोलनको ‘इपिसेन्टर’ संसद् भवनको छेउमै रहेको विभागको भवनमा आक्रोशित भीडले तोडफोड गरे। २४ भदौमा त लुटपाट र आगजनीबाट यातायात विभागले आफ्नो स्वरूप नै गुमायो। भक्तपुरको सल्लाघारी र चाबहिलस्थित यातायात व्यवस्था कार्यालय पनि आन्दोलनकारीको निशानाबाट जोगिएनन्। आन्दोलनका क्रममा क्षति नभएका गुर्जुधारा, […]