‘मोन्था’ भारतको आन्ध्र प्रदेश प्रवेश गर्दै, मधेस र कोसीमा भारी वर्षाको सम्भावना

काठमाडौँ। बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ आज (मंगलबार) राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको छ। त्यसपछि विस्तारै कमजोर हुँदै उत्तर, उत्तर-पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू-भागनजिक आई पूर्वतर्फ सर्दै मिति पर्सि (बिहीबार) दिउँसोदेखि शनिबार (१५ गते) बिहानसम्म नेपालको बागमती, मधेस र कोसी प्रदेशको मौसम प्रभावित हुने देखिन्छ। उक्त प्रणालीको प्रभावले […]