युरो कपको उपाधिका लागि इंग्ल्याण्ड र इटाली भिड्दै: विजेता नयाँ कि पुरानै?

युरो कप फुटबल २०२० को उपाधिका लागि आइतबार राति इटाली र इंग्ल्याण्ड भिड्दैछन्। नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुने खेल इंग्ल्याण्डको वेम्ब्लीमा आयोजना हुनेछ। इटाली अन्तर्राष्ट्रिय फुटबलमा ३३ खेलयता अपराजित छ। इटालीले अन्तिमपटक सन् १९६८ मा युरो कप जितेको थियो। सन् २०१२ मा अन्तिमपटक फाइनल पुगेपनि उपाधि भिडन्तमा स्पेनसँग नमिठो हार ब्यहोरेको थियो। […]

सम्बन्धित सामग्री

युरोकप छनोट फुटबलमा इटाली, स्पेन र बेल्जियम विजयी

काठमाडौं । युरोकप छनोट फुटबलमा गएराति इटालीले युक्रेनलाई २–१ ले हराएको छ । अघिल्लो खेलमा उत्तरी मेसेडोनियासँग बराबरीमा रोकिएपछि संकटमा परेको इटालीलाई गएरातिको जितले राहत मिलेको छ । यही समूहको अर्को खेलमा उत्तरी मेसेडोनियाले माल्टालाई २–० ले हरायो । गएरातिका खेलहरुपछि समुह ‘सि’ मा ५ खेलबाट १३ अंक जोडेको इंग्ल्याण्ड शीर्ष स्थानमा रहँदा इटाली, युक्रेन […]

लगातार पाँच खेलमा इंग्ल्याण्ड जीतविहीन

युईएफए नेसन्स लिगमा इंग्ल्याण्ड इटालीसँग पराजित भएको छ । पराजयसँगै टोली प्रतियोगिताको समूह ए३ बाट पुछारमा रहँदै रेलिगेसनमा परेको छ । मिलानको सानसिरोमा भएको खेलमा ६८ औँ मिनेटमा जियोकोमो रास्पाडोरीले गरेको एक मात्र गोल निर्णायक बन्यो । इंग्ल्याण्ड पछिल्ला ५ खेलमा जीतविहीन रहेको छ । यो सन् २०१४ को जुन यता टोलीको सबैभन्दा खराब प्रदर्शन हो ।समूह सीमा हंगेरी १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने ८ अंकसहित इटाली दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको जर्मनीको ६ अंक रहेको छ भने इंग्ल्याण्ड २ अंकसहि

इटालीले हंगेरीलाई हरायो

युरोपियन च्याम्पियन इटालीले हंगेरीलाई हराउँदै नेसन्स लिगको समूह ए३ को शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा इटाली २-१ गोलले विजयी बनेको हो ।इटालीको जीतमा निकोलो बरेला र लोरेन्जो पेलेग्रिनीले एक एक गोल गरे । हंगेरीले जियानलुका मान्चिनीको आत्मघाती गोलको मद्दतले खेलमा फर्कने प्रयास गरे पनि थप गोल गर्न सकेन । अब युरो २०२० को फाइनलको रिप्लेमा इंग्ल्याण्ड र इटाली शनिबार भिड्नेछन् ।

फाइनलको हार निकै पीडादायकः प्रशिक्षक साउथगेट

खेलाडीले आफ्नो क्षमताले भ्याएसम्मको सबै प्रयास गर्दा पनि फाइनलमा पराजित भएको इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका छन्। फाइनल गुमाउनु पर्दा निकै पीडा भएको उनले उल्लेख गरेका छन्। इंग्ल्याण्ड ५५ वर्षपछि पहिलोपटक पुरुष फुटबलमा प्रमुख प्रतिस्पर्धाको फाइनलमा पुगेको थियो। तर उपाधि जित्ने उसको सपनामा बाधक बन्यो इटाली। निर्धारित तथा थप गरिएको समयमा १–१ को बराबरी भएपछि […]

युरोकपको उपाधिको लागि इटाली र इंग्ल्याण्ड भिड्ने

एजेन्सी । युरोकप फुटबलको उपाधीका लागि आज इटाली र इंग्ल्याण्ड भिड्दैछन् । बेलायतको राजधानि लण्डनस्थित ऐतिहासिक वेम्बले रंगशालामा नेपाली समय अनुसार आज राती पौने १ बजे यो खेल हुनेछ । यही रंगशालमा इंग्ल्याण्डले सन् १९६६ को विश्वकप फुटबल जितेको थियो । त्यसपछि कुनैपनि मुख्य प्रतियोगिताको फाईनलमा पुग्न नसकेको इंग्ल्याण्ड आज उपाधि खडेरी तोड्ने अभियानमा रहेको […]

युरो कप फाइनल : इंग्ल्याण्ड इटाली भिड्दै

काठमाडौं : युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ।इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो। एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो। इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन्। दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन्।इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो। यस अघि इटालीले व

इटली युरोकपको फाइनलमा, अर्को सेमिफाइनल बेलायत र डेनमार्कबीच हुँदै

विश्वकप विजेता रहिसकेको इटाली युरोकप २०२० को फाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा इटालीले विश्वविजेता स्पेनलाई पराजित गरी फाइनल यात्रा तय गरेको हो । इटलीले अब उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी …

स्पेन बाहिरियो, इटाली यूरो कपको फाइनलमा पुग्यो

इटाली यूरो कप फुटबल २०२० को फाइनलमा पुगेको छ । स्पेनलाई पेनाल्टी शूट आउटमा हराएर इटाली यूरो कपको फाइनलमा स्थान सुरक्षित गरेको छ । स्पेन आफ्नो फुटबल इतिहासमा पहिलो पटक सेमीफाइनलमा हार बेहोरेको छ । इटालीले भने लगातार १३ औं खेल जित्यो । इंग्ल्याण्डको वेम्ब्ली रङशालामा अतिरिक्त समयको खेल १–१ को बराबरीमा सम्पन्न भएपछि खेल पेनाल्टी शूट आउटमा गएको थियो । पेनाल्टी शूट आउटमा इटालीले स्पेनलाई ४–२ ले पछि पार्यो । अल्भारो मोराटोको प्रहार बचाउँदा जोर्गिन्होले गोल गर्दै इटालीलाई फाइनलमा पुर्याउनुभयो । फाइनलमा इटालीले आइतबार इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग स्पर्धा गर्नेछन् ।

फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी : RajdhaniDaily.com -

फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी: RajdhaniDaily.com | लन्डन । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समूहको खेलमा गएराति फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी भएका छन् । साविक विश्व विजेता फ्रान्सले -