नेपाल टेलिकमको आम्दानी सामान्य बढ्यो, नाफामा भने कमी

काठमाण्डाै – नेपाल टेलिकमको आम्दानी बढेको छ भने नाफामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार साउनदेखि असोजसम्म टेलिकमको आय ११ अर्ब चार करोड ९० हजार रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा आठ करोड ७७ लाख ४३ हजार रुपैयाँले धेरै हो ।  यस्तै तीन महिनामा कम्पनीको कुल सञ्चालन आय नाै अर्ब सात करोड ७५ लाख रुपैयाँ रहेको छ । यो गएकाे वर्षको तुलनामा ६९ करोड ७७ लाख रुपैयाँले कमी हो । टेलिकमको कुल आयमा सामान्य वृद्धि भए पनि नाफा भने घटेको छ । साउनदेखि अस...

सम्बन्धित सामग्री

रायनएयरको त्रैमासिक नाफामा ९३ प्रतिशतले कमी

लण्डन, १५ माघ । आयरल्याण्डको सस्तो एयरलाइन्स कम्पनी (रायनएयर) ले इन्धनको उच्च लागतका कारण खुद नाफामा ९३ प्रतिशतले गिरावट आएको सोमबार जनाएको छ । सन् २०२३ को अन्तिम तीन महिनामा अघिल्लो वर्षको तुलनामा एक करोड ४८ लाख युरो (एक करोड ६० लाख अमेरिकी डलर) खुद नाफा घटेको निगमले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी माइकल […]

सिद्धार्थ बैंकको नाफा ९१ प्रतिशत घट्यो

१७ कात्तिक, काठमाडौं । सिद्धार्थ बैंकको नाफामा ९१ प्रतिशतले कमी आएको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ करोड ८२ लाख रुपैयाँ बराबर खुद नाफा कमाएकोमा यो आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २८ लाख रुपैयाँ मात्रै कमाएको छ । एकातिर खुद ब्याज आम्दानीमा कमी आउनु र अर्कोतिर बैंकले समयमै ऋणीबाट ऋण रकम […]

विद्युत विक्री आम्दानी घटेसँगै अपि पावरको नाफामा कमी

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको खुद नाफा गत वर्ष ९३ दशमलव ५९ प्रतिशत कम भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १० करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष सोही अवधिसम्म ६८ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो ।  गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी १३ दशमलव ८७ प्रतिशत कम अर्थात् ४४ करोड ६६ लाख रुपैयाँभन्दा बढी मात्र भएको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ५१ करोड ८५ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको थियो ।  कम्पनीको कुल खर्च अघिल्लो वर्षभन्दा करीब १० प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ३२ करोड ९६ लाख रुपैयाँभन्दा बढी कुल खर्च भएको कम्पनीको गत वर्ष ३६ करोड २१ लाख रुपैयाँभन्दा बढी कुल खर्च भएको हो ।  हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ छ भने अदर इक्वीटीमा १६ करोड २२ लाख रुपैयाँभन्दा बढी कायम छ । वार्षिक प्रतिशेयर आम्दानी १६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ९३ पैसा छ ।

नाफामा चल्दै उदयपुर सिमेन्ट

काठमाडौं । कमजोर व्यवस्थापनका कारण केही वर्षयता घाटामा चलिरहेको उदयपुर सिमेन्ट उद्योग नाफामा चल्न थालेको छ । गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले चालू आर्थिक वर्ष २०७८/७९ देखि लक्ष्य अनुसार नै विक्री शुरू गरेको छ । उद्योगले चालू आर्थिक वर्षको ९ महीनामा १८ लाख ९ हजार बोरा सिमेन्ट विक्री गरेको छ । चालू आवमा २४ लाख बोरा सिमेन्ट विक्री गर्ने उद्योगको लक्ष्य छ । सो अनुसार ९ महीनाको विक्रीको अवस्थाले वार्षिक लक्ष्य पूरा हुने विश्वास व्यवस्थापनले गरेको छ । उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले चालू आवको विक्री लक्ष्य पूरा भए वर्षेनि भइरहेको घाटामा कमी आउने बताए । पछिल्लो केही वर्षयता उद्योगको औसत घाटा वार्षिक करीब ३० करोड रुपैयाँ छ । चालू आर्थिक वर्षमा वार्षिक लक्ष्य अनुसार सिमेन्ट विक्री गर्न सके उद्योग नाफामा जाने अपेक्षा रहेको उनले बताए । यद्यपि, उद्योगलाई आवश्यक पर्ने डिजेल, कोइला, जिप्सम तथा आइरन ओर आदिको मूल्य झन्डै दुई गुणा वृद्धि भएकाले धेरै नाफामा लैजान नसकिने उद्योगका अधिकारीहरू बताउँछन् । पछिल्लो समय सिमेन्टको माग समेत घटेकाले विक्रीमा असर पर्ने सकिने सम्भावना कायमै छ । ‘२० लाख बोरासम्म विक्री गर्दा कुनै ‘इन्सेन्टिभ’ नपाउने तर सो माथि विक्री भएमा प्रतिबोरा १० रुपैयाँका दरले इन्सेन्टिभ पाउने भएपछि कर्मचारीमा उत्साह छाएको छ,’ पोखरेलले भने । उद्योगलाई नाफामा लैजान सके बोनसलगायतको सुविधा पाइने, नगद प्रवाह राम्रो हुने भएकाले कर्मचारी लक्ष्य पूरा गर्न केन्द्रित रहेका उनको भनाइ छ । पछिल्लो समय उद्योगको वित्तीय स्थिति सन्तोषजनक रहेको उद्योगका अधिकारीहरू बताउँछन् । उद्योग व्यवस्थापनले आव २०७७/७८ को वित्तीय विवरण तयार गरी सम्पत्ति र दायित्वको यथार्थ मूल्यांकन गरिसकेको छ । उद्योग गत आवसम्मको  ५ अर्ब ४९ करोड ८६ लाख ४७१ नोक्सानी पूर्ति गरी ५६ करोड ३८ लाख ८६ हजार ८४१ रुपैयाँ बचत गर्न सफल भएको छ । उद्योग सञ्चालक समितिले आगामी जेठ ३० गते बस्ने वार्षिक साधारण सभाबाट आव २०७७/७८ को वित्तीय विवरण पारित गर्ने निर्णय गरिसकेको छ । विक्री नीति लागू गरी विक्रेतालाई इन्सेन्टिभको व्यवस्था गरिएको छ । रासस

मनकामना स्मार्ट लघुवित्तको खुद नाफामा कमी

काठमाडौं, १९ माघ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत वर्षको तुलनामा ४७ दशमलव ३२ प्रतिशतले घटेको छ । वित्तीय संस्था लिमिटेडले यस वर्ष १ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ९७ लाख रुपैयाँभन्दा बढी यो […]

ठूला जीवन बीमा कम्पनीहरूको नाफामा उच्च गिरावट

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालका नाम चलेका ठूला बीमा जीवन कम्पनीहरूको नाफामा उच्च कमी देखिएको छ । पहिलो त्रैमासमा नेपाल लाइफ, एलआईसी नेपाल, नेशनल लाइफ, मेट लाइफ, गुराँस लाइफ गरेर पाँच कम्पनीको नाफा घटेको हो । नेपाली बजारमा यी कम्पनी बढी नाफा कमाउने भनेर चिनिन्छन् । तर, यसपटक यिनीहरूको नाफा नराम्ररी घटेको छ । नेपाल लाइफ इस्योरेन्स नाफा कमाउने कम्पनीहरूमा पहिलो नम्बरमा पर्दै आएको थियो । तर, यसपालि उक्त कम्पनीको नाफा घटेको छ । त्यसमाथि नाफा कमाउने कम्पनीहरूको सूचीमा उक्त कम्पनी सबैभन्दा पछाडि प...

१० % पूँजी बढाएको फर्स्ट माइक्रोफाइनान्सको पहिलो त्रैमाससम्ममा खुद नाफामा कमी*

कात्तिक ४, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बिहीवार प्रकाशित गरेको छ ।  पहिलो त्रैमाससम्म कम्पनीको खुद नाफा शून्य दशमलव २३ प्रतिशतले कम भएको छ । गत वर्षको पहिलो त्रैमाससम्म रू. २ करोड ९७ लाखभन्दा बढी खुद नाफा गरेको उक्त कम्पनीले यस वर्ष रू. २ करोड ९६ लाखभन्दा बढी मात्र नाफा गरेको हो । यस वर्ष सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफामा पनि सोही अनुपातको कमि आई खुद नाफा घट्न पुगेको हो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ४९ लाख ४० हजार छुट्याएको उक्त कम्पनीले यस वर्ष २०८ दशमलव ९७ प्रतिशत बढी रू. १ करोड ५२ लाखभन्दा बढी सो शिर्षकमा रकम छुट्याएको छ । १० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ९६ करोड ४४ लाख ९२ हजार पुर्‍याएको उक्त कम्पनीले जगेडा कोष रकम २२ दशमलव ६१ प्रतिशत वृद्धि गरी रू. २० करोड ३६ लाखभन्दा बढी कायम गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत वर्षभन्दा साढे ६२ प्रतिशत बढी रू. ९ अर्ब ६६ करोड ७२ लाख कर्जा सापटी लिएको उक्त कम्पनीले गत वर्षभन्दा ५४ दशमलव ८२ प्रतिशत बढी अर्थात् रू. ९ अर्ब ३३ करोड ८१ लाख कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा शून्य रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १२ दशमलव ३० र प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव ११ रहेको छ ।  * उक्त कम्पनीले यस वर्ष रू. २ करोड ९६ लाखभन्दा बढी मात्र नाफा गरेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

बैंकको ब्याज घट्दा टेलिकमको नाफामा कमी

पछिल्लो समय बैंकमा तरलता बढेसँगै ब्याजदरमा आएको गिरावटले नेपाल टेलिकमको नाफामा कमी आएको छ । बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपबाट प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको प्रथम त्रैमासिकको तुलनामा चालू आवको सोही अवधिमा घट्न जाँदा ब्याज आम्दानीमात्रै २० करोड ७४ लाखले कम भएको छ ।टेलिकमका अनुसार चालू आर्थिक वर्ष (२०७७-७८) को दोस्रो […]