सुन र चाँदीको सिक्का वितरण गर्दै राष्ट्र बैंक

१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन र चाँदीको सिक्का वितरण शुरु गरेको छ । राष्ट्र बैंकले टक्सार विभागबाट धनतेरसको अवसर पारेर सिक्का वितरण गर्न थालेको प्रवत्ता देवकुमार ढकालले बताए । राष्ट्र बैंकले केही वर्ष पहिले सर्वसाधारणहरुका बहुमूल्य सिक्का बिक्री वितरण गर्दै आएको थियो । सुन तथा चाँदीको बन्ने यस्ता सिक्का सर्वसाधारणले लक्ष्मी पुँजाको […]

सम्बन्धित सामग्री

आर्थिक संकटमा पनि असर्फी मोह

अर्थतन्त्र संकटोन्मुख रहेको अवस्थामा पनि असर्फी (सुनको सिक्का) र स्मारिका (चाँदीको सिक्का) को माग बढेको छ । मुलुकमा विदेशी मुद्राको सञ्चिति घटिरहेकाले सरकारले कार, मोटरसाइकल, रक्सी र मोबाइलको आयातमा रोक लगाएको छ । सुनको दैनिक आयात सीमा घटाएको छ भने चाँदीको भन्सार कर बढाएको छ । तर, सुनचाँदी पसलहरूमा तिहारलाई लक्षित गरी सुन र चाँदीका सिक्का किन्नेको जमात भने बढिरहेको व्यवसायीहरू बताउँछन् । नेपालमा मुख्य रूपमा यस्ता सिक्का बिक्री गर्ने राष्ट्र बैंक टक्सार विभागको भनाइ पनि यही छ ।

धनतेरसका लागि राष्ट्र बैंकले बिहीबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्ने

हिन्दुहरुको चाड तिहारको धनतेरस अवसर पारेर बिहीबारदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । पर्याप्त मौज्दात रहेकाले माग अनुसार वर्षभर नै सुन र चाँदीको सिक्का बिक्री गर्दै आएको राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित गरेर बिहीबार देखि बिक्री सुरु गर्ने राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोदराज आचार्यले बताए ।