काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद माधव सापकोटाले प्राकृतिक विपदबाट हुनसक्ने सम्भावित जोखिमको पूर्वानुमान गरेर विपद् प्रतिकार्यसँग सरोकार भएका संस्था र निकायलाई उच्च सतर्कताका साथ खटाउन सरकारसँग आग्रह गरे । यही वैशाख १ देखि २८ […]