जापानी व्यापारिक समुदायलाई राष्ट्रपति पौडेलले भने– निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्, सहजीकरण गर्न प्रतिबद्ध छौँ

उनले दुई पक्षबीच पारस्परिक लाभका क्षेत्रमा सहकार्य अघि बढाउन यो उपयुक्त क्षण पनि भएको बताउँदै   नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गर्दै कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरे ।