अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी परेका छन् । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाका १० स्थानीय तहका ७३ उजुरी परेको जनाइएको छ ।  कार्यालयका अधिकृत उदय पराजुलीका अनुसार शुक्लागण्डकी नगरपालिकाविरुद्ध १६, व्यास नगरपालिकाविरुद्ध १४, भानु नगरपालिकाविरुद्ध १२, देवघाट गाउँपालिकाविरुद्ध ११, आँबुखैरेनी गाउँपालिकाविरुद्ध सात, बन्दीपुर गाउँपालिकाविरुद्ध सात, म्याग्दे गाउँपालिकाविरुद्ध चार, […]