जुत्ता र सारी भन्दै अमेरिका पठाउन लागिएको कार्गोभित्र सुनचाँदीका गहना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गोमार्फत अमेरिका पठाउन लागिएको अवस्थामा सुन तथा चाँदीका गहना बरामद गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बिहीबार साँझ करिब साढे ५ बजे कार्गो कम्प्लेक्स भवनमा नियमित जाँचका क्रममा उक्त गहना फेला परेको हो । म्यानिफेस्ट नम्बर ‘एएमएस एपी ३२१’ अन्तर्गत विदेश पठाउन तयार पारिएको एउटा कार्गो बाकसलाई एक्स-रे मेसिनमा […]