मुस्ताङ, १९ असोज। चाडपर्वमा गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल अहिले गुमनाम बनेको छ। राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल कागबेनीधाम सुनसान बनेको हो। चैते दशैं र बडादशैंअघि पर्ने सोह्रश्राद्धको तिथिमा दैनिक सयौं धार्मिक तीर्थालुको घुइँचो लाग्ने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनीधाम असोज ८ गतेदेखि पूर्ण सुनसान छ। दिवङ्गत पितृको सम्झनामा कागबेनीधामस्थित […]