पदीय जिम्मेवारीको दुरुपयोग गर्दै घुसको बार्गेनिङ

काठमाडौं । विद्यालय व्यवस्थापन समितिका सदस्यदेखि वन अधिकृत र गाउ“पालिकाका उपाध्यक्षसम्मले आफ्नो पद तथा जिम्मेवारीको दुरुपयोग गरी रकम मागेको आरोपमा अख्तियारले पछिल्लो पटक छुट्टाछुट्टै मुद्दा दायर गरेको छ। अख्तियारको अनुसन्धानले सेवा सुविधा दिलाउनेदेखि काठको लगत समर्थन र लिलाम सहमति सिफारिस गर्ने पदाधिकारी र कर्मचारी नै सेवाग्राहीसँग घुसको बार्गेनिङमा संलग्न हुने गरेको तथ्य फेला परेको छ। […]