दिनको १५ मिनेट पढ्न सिंगापुरको निम्तो

सिंगापुरले आफ्ना नागरिकलाई दिनको १५ मिनेट पढ्न निम्तो दिएको छ। संसारका कैयन मुलुकमा झैं मानिसले पढ्न छाडेकामा त्यहाँ पनि चिन्ता छ। मानिसले शब्दै पढ्न छाडेका भने होइनन्। मुख्य कुरा, एउटा विचारसँग केहीबेर बसेर पढ्ने धैर्य घट्दै त गएको छैन भन्ने हो। पढ्दा हाम्रो मस्तिष्कमा के हुन्छ? किताबसँग बिताएको त्यो १५ मिनेटले हामीलाई के दिन्छ— शान्ति, खुसी वा अरू केही?