पोखरा । बागलुङमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। प्रहरीले गोप्य सूचनाका आधारमा छापा मार्दा खड्कासहित ९ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट १ लाख ६४ हजार ९२५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बागलुङ नगरपालिका २ बस्ने ४२ वर्षीय चिरञ्जीवी शर्मा, ६३ […]