काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिएका छन्। नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालयबाहिर धर्ना दिए। खेलाडीहरूले लिग नगराउने एन्फालाई आफूहरूले जितेको मेडलसमेत उपहार दिए। एन्फाको गेटमा उनीहरूले मेडल झुन्ड्याइदिए। सोमबार एन्फा सचिवालय […]