५० हजारभन्दा बढी सहभागी हुँदै आर्ट अफ लिभिङ नेपालले मनायो दोस्रो विश्व ध्यान दिवस

आर्ट अफ लिभिङ नेपालका अनुसार विद्यालय, कलेज, शैक्षिक संस्था, सरकारी तथा निजी कार्यालय, प्रहरी र नेपाली सेनाका इकाइहरू, साथै विभिन्न समुदायस्तरमा ध्यान कार्यक्रम सञ्चालन गरिएको थियो। यसले मानसिक स्वास्थ्य, आन्तरिक शान्ति र सामाजिक सद्भावप्रति बढ्दो चासो र प्रतिबद्धता झल्काएको आयोजकको भनाइ छ।