दक्षिण ललितपुरका जोखिमयुक्त बस्तीका स्थानीयलाई स्थानान्तरण गरिँदै

काठमाडौँ । अविरल वर्षा र हावाहुरीका कारण उत्पन्न हुनसक्ने विपद्को जोखिम न्यूनीकरण तथा उद्धारका लागि नेपाली सेनाको बटुकदल गण ब्यारेकले दक्षिण ललितपुरका जोखिमयुक्त क्षेत्रमा टोली परिचालन गरेको छ । बटुकदल गण ब्यारेकका गणपति प्रमुख सेनानी वेदप्रसाद खड्काका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा […]