नाइमा मोबिलिटी एक्स्पोको तीन दिन, ७७ हजार बढीले गरे अवलोकन

काठमाडौंमा बिहीबार भएको भारी वर्षाले पनि भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को चहलपहल रोक्न सकेन। वर्षाका बाबजुद एक्स्पोको तेस्रो दिन २२ हजारभन्दा बढी अवलोकनकर्ता मेलास्थल पुगेका छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मंगलबारदेखि आयोजना गरेको एक्स्पोमा तीन दिनमै ७७ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका छन्। आयोजकका अनुसार पहिलो दिन २९ हजार, […]