बाढीका घाइतेलाई सहयोग गर्न प्रभु बैंकको देशव्यापी रक्तदान, ८ स्थानबाट ३२१ पिन्ट रगत संकलन

प्रभु बैंकले बाढीलगायत प्राकृतिक विपद्बाट प्रभावित घाइतेलाई आवश्यक रगत उपलब्ध गराउन सहयोग पुर्‍याउने उद्देश्यले सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा मंगलबार देशभरका आठ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमबाट कुल ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ। बागमती प्रदेशमा बैंकको बबरमहलस्थित केन्द्रीय कार्यालय […]