प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक खरिद लगायतका सूचनाहरू सरकारी लगानीका सञ्चार माध्यममार्फत मात्र प्रकाशन गर्नुपर्ने निर्णय गरेसँगै मिडिया क्षेत्रमा तीव्र विरोध सुरु भएको छ। विशेषगरी नेपाल पत्रकार महासंघ ले उक्त निर्णयको कडा विरोध जनाएको छ। चैत १८ गतेको निर्णयअनुसार जारी गरिएको निर्देशनले निजी तथा स्वतन्त्र सञ्चार माध्यमहरूलाई सरकारी सूचना र विज्ञापनबाट वञ्चित गर्ने संकेत […]