अमेरिकाले होर्मुज जलडमरू क्षेत्रमा जहाजहरूको आवतजावतमा मार्गदर्शन गर्ने योजना अघि सारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि होर्मुज जलडमरू हुँदै जाने जहाजहरूलाई अमेरिकाले मार्गदर्शन गर्न सुरु गर्ने बताएका हुन् । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार यस कार्यका लागि निर्देशित क्षेप्यास्त्रयुक्त युद्धपोत, १०० भन्दा बढी विमान, विभिन्न मानवरहित उपकरण तथा करिब १५ हजार सैनिक परिचालन गरिनेछ। […]