बुढासुब्बा गोल्डकप धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी। बुढासुब्बा अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी रहँदा धरानमा प्रतियोगिताबारे चर्चा चुलिएको छ । प्रत्येक वर्ष आयोजना हुँदै आएको बुढासुब्बा गोल्डकपले खेलकुद प्रवर्द्धन मात्र नभई धरानको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्ष उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । धरानलाई खेलकुदको सहरको रूपमा चिनाउन बुढासुब्बा गोल्डकपले महत्त्वपूर्ण योगदान पुर्‍याएको […]