साफ महिला च्याम्पियनसिप : बाङ्गलादेशसँग पराजित भएसँगै बाहिरियो नेपाल

कास्की। घरेलु टोली नेपाल पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ। पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा आज (बुधबार) लिग चरणको अन्तिम खेलमा बाङ्गलादेशसँग ४-० गोलले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। नेपाललाई निराश पार्ने क्रममा बाङ्गलादेशले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो। बाङ्गलादेशलाई जित […]