अन्योलका बीच एन्फा निर्वाचनमा २१ सदस्यीय कार्यसमितिका लागि ४७ जनाको उम्मेदवारी

अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ २८ का लागि तोकिएको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ता सकिएको छ। शनिबार मनोनयन दर्ता सकिदा २१ सदस्यीय कार्यसमितिका लागि ४७ जनाको उम्मेदवारी परेको छ।