काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीले वडा केन्द्रित, जरा केन्द्रित र ग्रासरुट अभियान चलाए पनि जनतासँग पर्याप्त संवाद गर्न नसकेको बताएका छन् । पार्टीको राष्ट्रिय भेलामा शुद्धीकरण र सुदृढीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै उनले जनतासँगको सम्पर्क कमजोर हुँदा मतदाताको बदलिँदो सोच बुझ्न नसकेको र निर्वाचनमा अपेक्षित परिणाम नआएको बताए । पोखरेलले पार्टीका अभियान औपचारिकता […]