कास्की– पोखरा महानगरपालिकाले हिउँदेखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरभित्रका किसानलाई आलु, गहुँ र तोरीको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । महानगरपालिकाले यहाँका किसानलाई २७ हजार किलोग्राम आलुको बीउ वितरण गरेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । उक्त बीउबाट महानगर क्षेत्रभित्र तीन हजार रोपनी क्षेत्रफलमा आलुखेती हुने उनले जानकारी दिए । पोखराका […]