एक कुकुरको आत्मकथा!

मैले पछाडि फर्केर हेरेँ, तिनीहरू अझै पनि मलाई लखेटिरहेका थिए। सङ्ख्या पनि बढेको थियो। बाटोमा जो जो आए, थपिँदै थिए। मेरो अवस्था खलनायक गुन्डाले खेदेको फिल्मी नायिकाको जस्तो अवस्था भएको थियो। हिरोइनले इज्जत बचाउन दौडै जस्तै म ज्यान जोगाउन दौडिरहेको थिएँ।