‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र २३ र २४ गते जेन्जी आन्दोलनमा सहादत प्राप्त भएकाहरूको सम्झनामा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। आज साँझ काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस अगाडि सो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमपछि कोणसभामा अनेरास्ववियुका महासचिव दीपक धामीले संक्षिप्त सम्बोधन गर्दै जेन्जीको मागप्रति संगठनको ऐक्यबद्धता व्यक्त गरे। […]