काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा अर्जुन कार्की, कुलपति प्रा डा रमेशकुमार ढुङ्गेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले शपथ लिएका हुन् । नयाँ कानुनी व्यवस्थाअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष […]