जनकपुर। धनुषाको मिथिला नगरपालिका २‚ हजराचोक जनकपुर-ढल्केवर सडक खण्डमा कारले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। बा.प्र. ०१-०३१ च २०३६ नम्बरको कारले ठक्कर दिँदा मिथिला नगरपालिका १‚ लक्ष्मीनिवासकी ४६ वर्षीया सुमिन्त्रादेवी महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए। दुर्घटनामा महतोका ५० वर्षीय पति राजकुमार घाइते भएका छन्। […]