नयाँ राहदानीका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारले तीन साताभित्र आपूर्ति गराउने व्यवस्था गरेको छ।आपूर्तिकर्ता कम्पनीसँग थप ७ लाख विद्युतीय राहदानी खरिद सम्झौता गरिएकोमा आगामी तीन साताभित्र पहिलो किस्ता आउने व्यवस्था गरिएको राहदानी विभागले जनाएको छ।विभागले शुक्रबार विज्ञप्ति जारी गरी समयमै राहदानी उपलब्ध नहुने समस्या समाधान गर्न उक्त व्यवस्था...