दोलखा। विश्व रेबिज दिवसको सन्दर्भमा दोलखाको भीमेश्वर नगरपालिकाले नेपाल एनिमल वेलफियर एण्ड रिर्सच सेन्टरको प्राविधिक सहयोगमा सप्ताहव्यापी रुपमा कुकुरहरुको बन्ध्याकरण तथा रेबिज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । विशेषगरी सामुदायिक कुकुरहरुलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा एक सय ४० वटा कुकुरको बन्ध्याकरण गरिएको र ती कुकुरहरुलाई रेबिज विरुद्धको खोप समेत लगाईएको भीमेश्वर नगरपालिकाका […]