मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामा रहेको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार हेटौँडा उपमहानगरपालिका–१, सामरीस्थित हेटौँडा–भैँसे सडकखण्डमा आज अपराह्न करिब ४ः५० बजे हेटौँडाबाट […]