बडादसैँको १४ दिनमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा परेका छन्। तीमध्ये ९४ जना सार्वजनिक सवारीसाधनका चालक रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। घटस्थापनादेखि कात्तिक ७ गतेसम्मको जाँचमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने एक हजार दुई र लागुपदार्थ सेवन (लापसे) गर्ने ३५ […]