छठ पर्वको सन्देश दिँदै प्रधानमन्त्री कार्कीले भनिन्– सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ

प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक एकता, सद्भाव र भ्रातृत्व सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले हालको अवस्थामा सबै नेपालीबीच अझ बढी एकता र सहकार्यको आवश्यकता रहेको उल्लेख गरेकी छन् । उनले भनिन्, ‘छठसहित हाम्रा चाडपर्वहरू हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक […]