काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न नौ स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ७१३ युनिट रगत संकलन गरेको छ। बैंकले वार्षिकोत्सवकै अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने नौ शाखालाई सम्मान गर्नुका साथै विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ। बैंकले सोमबार (मंसिर ७ गते) काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयसहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको […]